शुक्रबार, पुस ४, २०८२

पाकिस्तानमा ६ बालबालिकासहित आठ जना तुइनमै अड्किए

विद्यालय हिँडेका बालबालिका समुद्र सतहबाट १ हजार २ सय फिटको उचाइमा ९ घन्टादेखि तुइन अड्किएपछि उद्धारको प्रतीक्षामा।
 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

काठमाडौं– पाकिस्तानको खैवरपख्तुनख्वा प्रान्तको विकट पहाडी गाउँमा दुई वयस्कसहित ६ जना बालबालिका तुइनमा अड्किएका छन्।

National life

विद्यालय हिँडेका बालबालिका समुद्र सतहबाट १ हजार २ सय फिटको उचाइमा तुइन अड्किएपछि उद्धारको प्रतीक्षामा रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएका हुन्। आज बिहान ७ बजे चलिरहेको तुइन एक्कासि बन्द भएपछि उनीहरूको उद्धार हुन सकेको छैन।

एउटै डोरीमा तुइन अड्किएको तथा त्यसमा ६ जना बालबालिकासहित दुई जना वयस्क रहेको पाकिस्तानको प्रान्तीय उद्धार तथा खोज केन्द्रले पुष्टि गरेको छ।हेलिकोप्टरबाहेक कुनै पनि माध्यमबाट उनीहरूको उद्धार हुन नसक्ने विषम परिस्थिति उत्पन्न भएको जनाउँदै एक सुरक्षा अधिकारीले पाकिस्तानी सेनासमक्ष अनुरोध गरिएको जानकारी दिएका छन्।

स्थानीय टेलिभिजनले प्रसारण गरेको दृश्यमा सैनिक हेलिकप्टरले घटनास्थलको अवलोकन गरेको देखिन्छ। यद्यपि पीडितलाई उद्धार नगरी  अन्यत्र उडेको छ। ९ घन्टादेखि बालबालिका अड्किएका तथा एक जना बेहोस भएको तुइनमा रहेका  वयस्कमध्येका एक गुजफ्राजले टेलिभिजन च्यानल जिओ न्यूजलाई फोनमार्फत बताएका छन्।

प्रान्तीय उद्धार केन्द्रका वरिष्ठ अधिकारी जुल्फिकर खानले तुईन अड्किएको स्थानमा हेलिकोप्टरबाहेक केही पुग्न नसक्ने बताउँदै प्रान्त सरकारसँग पनि हेलिकोप्टर उपलब्ध गराउन अनुरोध गरिएको जनाएका छन्।–एजेन्सी

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 22, 2023| 16:32 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्