आइतबार, वैशाख २७, २०८३

नेपाली फिल्म 'गोर्खा वारिअर'लाई बेलायती प्रधानमन्त्रीको शुभकामना

 |  मंगलबार, भदौ ५, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ५, २०८०

National life

काठमाडौं- बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाली फिल्म 'गोर्खा वारिअर'लाई सफलताको शुभकामना दिएका छन्। बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटको तर्फबाट अगस्ट १७ मा सांस्कृतिक मामिलामन्त्री डेनिम गोलिङलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले शुभकामना पत्र लेखेका हुन्।

गत जुलाई २० मा निर्माता र निर्देशक मिलन चाम्सले सांस्कृतिक मामिलामन्त्री गोलिङमार्फत प्रधानमन्त्रीलाई प्रिमियर समारोहमा उपस्थित हुन निम्तो दिँदै पत्र लेखेका थिए। उक्त पत्रको जवाफमा प्रधानमन्त्री सुनकले आफू कार्यव्यस्तताको कारण प्रिमियर समारोहमा उपस्थित हुन नसक्ने जवाफ समेत दिएका छन्।

पत्रमा प्रधानमन्त्री लेख्छन्, ‘बहादुर गोर्खा सैनिकबारे वीरता, त्याग र समर्पणबारे बनेको यो फिल्मबारे थाहा पाउँदा म हर्षित छु। निम्तोका लागि हार्दिक धन्यवाद। दुर्भाग्यवश, कार्यव्यस्तताको कारण म प्रिमियर समारोहमा उपस्थित हुन असमर्थ छु। यद्यपि, प्रिमियर र फिल्म सफलताको शुभकामना दिन चाहन्छु।’

प्रकाशित: Aug 22, 2023| 14:06 मंगलबार, भदौ ५, २०८०
प्रतिक्रिया दिनुहोस्