सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

महिलालाई पढ्न पाउने व्यवस्था मिलाउँदै तालिबान 

 |  सोमबार, भदौ ४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

काबुल- अफगानिस्तानको नेतृत्व गरिरहेको तालिबानी सरकारको उच्च शिक्षा मन्त्रालयले महिला विद्यार्थीहरूका लागि विश्वविद्यालयहरू पुनः खोल्ने योजनामा काम गरिरहेको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन्।

triton college

मन्त्रालयको समितिले मन्त्रालयको वार्षिक प्रतिवेदन  सार्वजनिकीकरण कार्यक्रममा सो बारे जानकारी दिएको स्थानीय टोलो न्युज टिभीले उल्लेख गरेको छ।

सञ्चारमाध्यमले उच्च शिक्षाका कार्यवाहक उपमन्त्री लुत्फुल्लाह खैरख्वालाई उद्धृत गर्दै योजनाको अन्तिम समय अझै स्पष्ट नभएको बताएको छ।

अफगानिस्तानका विश्वविद्यालयहरूमा अहिलेसम्म महिलाहरूलाई प्रतिबन्ध लगाइएको छ। उच्च शिक्षा मन्त्रालयले डिसेम्बर २०२२ मा महिला शिक्षामा प्रतिबन्धको घोषणा गरेको थियो।

प्रकाशित: Aug 21, 2023| 19:30 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्