आइतबार, वैशाख २७, २०८३

ट्रेलरमा यस्तो देखियो 'नांगो गाउँ'

 |  सोमबार, भदौ ४, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ४, २०८०

यही भदौ २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको मल्टिस्टारर फिल्म ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलरमा चुनावी सन्दर्भमा गाउँमा हुने राजनीतिक परिवेशलाई चित्रण गरिएको छ।

National life

फिल्ममा दयाहाङले पासाङ तामाङ नामक एक इमान्दार शिक्षकको भूमिका निर्वाह गरेका छन्। शिशिर बाङ्देलले जरी लामा नामक गाउँका अध्यक्षको भूमिका निर्वाह गरेका छन्। समग्रमा फिल्मको कथावस्तु यी दुई शीर्ष पात्रको वरपर घुम्छ।

मिरुना मगरलाई फिल्ममा पासाङ (दयाहाङ)की पत्नीको भूमिकामा देखाइएको छ। साम्राज्ञी शाह र कर्मा फिल्ममा जोडीको रोमान्टिक भूमिकामा छन्। राजनीतिले गाउँको विकास कसरी प्रभावित भएको छ र गाउँ नांगिएको छ भन्ने कथावस्तु फिल्मले प्रस्तुत गर्छ। द्वन्द्वको यो सिलसिलामा शिक्षक कसरी राजनीतिमा लाग्न बाध्य हुन्छ भन्ने चित्रण यसमा छ।

फिल्ममा कमलमणि नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाइ जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टीका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायत कलाकारको अभिनय छ।

प्रकाशित: Aug 21, 2023| 16:53 सोमबार, भदौ ४, २०८०
प्रतिक्रिया दिनुहोस्