शुक्रबार, साउन ८, २०८३

राष्ट्रिय टोली छोड्दै रियल मड्रिड पुगे रामोस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- स्पेन तथा रियल मड्रिडका कप्तान सर्जियो रामोस यूईएफए नेसन्स लिगमा घाइते भएपछि स्पेनिस राष्ट्रिय टोली छाडेर मड्रिड फर्केका छन् । उनी बिहीबार क्रोएसियाविरुद्ध भएको यूईएफए नेसन्स लिग खेलमा घाइते भएका थिए । 

उक्त खेल स्पेनले ३-२ ले गुमाउन पुगेको थियो । क्रोएसियासँग पराजित भएसँगै अन्तिम चारमा पर्न अर्को खेलको नतिजा कुर्नुपर्ने भएको छ । उक्त खेलमा रामोसले तिघ्राको चोट बोकेपछि विश्राम लिने निर्णय गरेका हुन् ।

स्पेनिस राष्ट्रिय टोलीले सूचना जारी गर्दै रामोस आइतबार हुने खेलका लागि उपलब्ध नहुने जनाएको छ । स्पेनले आइतबार लास पाल्मासमा बोस्निया हर्जगोभिनासँग मैत्रीपूर्ण खेल खेल्दैछ । 

अब आइतबार वेम्बलीमा हुने खेलमा इंग्ल्यान्ड र क्रोएसियाले बराबरी खेले स्पेन अगाडी बढ्नेछ । रामोस घाइते भएसँगै उनी थप परिक्षणका लागि म्याड्रिड लागेका छन् । ला लिगा अन्तर्गत नोभेम्बर २४ मा एइबारसँग हुने खेलका लागि उनको स्थिति अझै विचाराधिन छ ।

सर्जियो रेगुलिओन, नाचो फर्नान्डेज, जेसस भालेहो र क्यासेमिरो यसअघि नै मैदानबाहिर विश्राममा छन् । मार्सेलो, ड्यानी कर्भाजल र राफेल भारनपनि पूर्ण रुपमा फिट छैनन् । रामोसको अनुपस्थितिले डिफेन्समा मात्र नभएर रियलको नेतृत्वमा पनि समस्या आउनेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।