बुधबार, जेठ २७, २०८३

युक्रेनी ड्रोनले रुसको कुर्स्क क्षेत्रमा ५ जना घाइते

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०
National life
Shivam cement

किभ- युक्रेनी ड्रोनले रुसको कुर्स्क क्षेत्रमा रहेको रेलवे स्टेशनमा आक्रमण गर्दा पाँच जना घाइते भएका छन्। 

 कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले आइतबार दिएको जनाकारी अनुसार ड्रोन रेलवे स्टेशनको छतमा ठोक्किएर छतमा आगो लागेको थियो। आक्रमणमा स्टेशनको छत, अग्रभाग र प्लेटफर्ममा क्षति पुगेको छ। आक्रमणपछि भवनमा रहेका सबै ५० यात्रुहरूलाई तुरुन्तै बाहिर निकालिएको गभर्नरले बताएका छन्।

अघिल्लो दिन मात्र यस किसिमका  ड्रोन आक्रमणहरू मस्को र रोस्तोभ क्षेत्रमा रूसी सेनाले इलेक्ट्रोनिक प्रविधि प्रयोग गरेर विफल पारेको बताइएको छ।
 

प्रकाशित: Aug 20, 2023| 19:35 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्