मंगलबार, पुस १, २०८२

बेलायतलाई हराउँदै स्पेनले जित्यो फिफा महिला विश्वकप

 |  आइतबार, भदौ ३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३, २०८०

काठमाडौं- इंग्ल्यान्डमाथि जित निकाल्दै स्पेन पहिलोपल्ट फिफा महिला विश्वकपको च्याम्पियन बनेको छ। इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो।

National life

स्टेडियम अष्ट्रेलिया सिड्नीमा शनिबार भएको फाइनलमा स्पेनलाई च्याम्पियन बनाउन कप्तान ओल्गा कारमोनाले गरेको गोल नै निर्णायक बन्यो। उनले पहिलो हाफको २९औं मिनेटमा गोल गर्न सफल भएको थियो।

प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको १६औं मिनेटमा लौरेन हेम्पको प्रहार क्रसबारमा लाग्दै फर्कदा इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो। काउन्टर अट्याकमा जर्जिया स्टानवेको क्रसमा रचेल डालीको कटब्याकलाई हेम्पले गरेको प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो।

लगत्तै १७औं मिनेटमा इंग्ल्यान्डकी गोलरक्षक मारी अर्पसले अल्वा रेडोन्डोको क्लोज रेन्जको प्रहारलाई विफल पार्दा स्पेन पनि अग्रता लिनबाट चुक्यो । मारिओना कालडेन्टेको क्रसलाई साल्माले राम्रोसँग प्रहार गर्न नसके पनि डिफ्लेक्ट हुँदै आएको बललाई रेडोन्डोले गरेको प्रहारमा गोलरक्षक मारी बाक बनिन् ।

२९औं मिनेटमा कप्तान ओल्गा कारमोनाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाइन् । मोरिओना कालडेन्टेको दिएको पासमा डिफेन्डर रहेकी कप्तान ओल्गाले ओभरल्यापमा जाँदै सहजै गोल गर्न सफल भइन्। ४३औं मिनेटमा लौरेने हेम्पको क्रसमा एला टुनले सुवर्ण अवसर पाए पनि फाइनल टच दिन नसक्दा इंग्ल्यान्ड बराबरीबाट चुक्यो। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा ओना ब्याटलको पासमा साल्माको प्रहार पोस्टमा लाग्दै बाहिरिदा स्पेनले अग्रता बढाउन सकेन।

Laxmi sunrise bank
kumari

दुवै टोली पहिलोपटक फाइनलमा पुगेका हुन्। महिला विश्वकपमा स्पेन च्याम्पियन हुने पाँचौं राष्ट्र बनेको छ। यसअघि अमेरिकाले चार, जर्मनीले दुई तथा जापान र नर्वेले समान एक पटक उपाधि जितेका छन्।

प्रकाशित: Aug 20, 2023| 17:52 आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्