शुक्रबार, साउन ८, २०८३

विश्वकप उपविजेता क्रोएसियासँग स्पेन पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- बिहिबार राति भएको युईएफए नेसन्स लिग फुटबलमा विश्वकप उपविजेता क्रोएसियाले स्पेनलाई पराजित गरेको छ । क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा क्रोएसियाले स्पेनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । 

क्रोएसियालाई जित दिलाउन टिन जेडभाजले दुई गोल गरे । यस्तै आन्द्रेज क्रमारिचले एक गोल गर्दा स्पेनका ड्यानीअल सेबालोस र सर्जियो रामोसले एक एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको खेलमा पाँचवाटै दोस्रो हाफमा र्भको थियो । 

खेलको ५४ औं मिनेटमा क्रोएसियाले क्रमारिचको गोल मार्फत सुरुवाती अग्रता दिलाएका थिए । तर, ५६ औं मिनेटमा स्पेनका लागि सेबालोसले बराबरी गोल फर्काए । खेलको ६९ औं मिनेटमा जेडभाजले गोल गर्दै पुनः क्रोएसियार्ले २-१ को अग्रता लियो । 

७८ औं मिनेटमा कप्तान रामोसले गोल गर्दै स्पेनलाई २-२ गोलको बराबरीमा ल्याए । तर, खेलको इन्जुरी समयको तेस्रो मिनेटमा जेडभाजले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३-२ को महत्वपूर्ण जित दिलाए ।

३ खेलबाट ४ अंक जोडेसँगै क्रोएसिया समूहको पुछारमा छ । पराजित स्पेन ६ अंक जोडेर शीर्ष र ४ अंक जोडेको इंग्ल्यान्ड दोस्रो स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।