शुक्रबार, साउन ८, २०८३

रुनीको बिदाई खेलमा इंग्ल्यान्ड अमेरिकामाथि विजय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- अन्तराष्ट्रिय मैत्रिपुर्ण फुटबल खेलमा अमेरिकालाई पराजित गर्दै वायन रोनीले खेल जिवनबाट बिदाई लिएका छन् । बिहिबार राति भएको अन्तराष्ट्रिय मैत्रिपुर्ण फुटबलमा इंग्ल्यान्डले अमेरिकालाई ३-० गोल अन्तरले हराएको हो । 

इंग्ल्यान्डका लागि जेसे लिङ्गाड, एलेक्जेन्डर एर्नोल्ड र विलसनले गोल गरेका थिए । खेलकने पहिलो हाफमा नै २-० को अग्रता लिएको इंग्ल्यान्डले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको २५ औ मिनेटमा जेसे लिङ्गार्डको मार्फत अग्रता लिएको इंग्ल्यान्डका लागि २७ औं मिनेटमा एलेक्जेन्डर एर्नोल्डले गोल गर्दै पहिलो हाफमा टोलीको अग्रता दोब्बर बनाएका थिए । त्यस्तै ७७ औ मिनेटमा विलसनले थप एक गोल गर्दै इंग्ल्यान्डलाई ३-० ले जित दिलाए । 

लिङ्गार्डको स्थानमा दोस्रो हाफमा मैदान छिरेका रोनीले केही आकर्षक मुभ बनाउनुका साथै गोलका केही सुन्दर अवसर समेत प्राप्त गरेका थिए । रुनी कप्तानको भूमिकामा मैदान छिरेका थिए । इंग्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले मैत्रिपुर्ण खेलमा युवा खेलाडीलाई मौका दिएका थिए ।

मैत्रिपुर्ण खेलमा जितसंगै रोनीले अन्तराष्ट्रिय फुटबल करियरबाट सुखद बिदाई लिएका छन् । इंग्ल्यान्डका लागि १ सय २० क्याप खेलेका रोनीको नाममा सर्वाधिक गोलको कीर्तिमान समेत छ ।
म्यानचेस्टर युनाइटेड र एभर्टनका पुर्व स्ट्राइकर समेत रहेका रुनीले इंग्ल्याण्डका लागि कीर्तिमानी ५३ गोल गरेका छन् । ३३ बर्षीय रुनीले सन् २०१७ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।