बुधबार, जेठ २७, २०८३

फेसबुकमा स्टाटस लेखेर झुन्डिए वडाध्यक्ष घिमिरे

आज बिहान करिब ५ बजे फेसबुकमा अलबिदा लेखेर वडाध्यक्ष घिमिरे बिहान साढे ७ बजे रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
 |  शनिबार, भदौ २, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

काठमाडौं– गुल्मीको मुसिकोट नगरपालिका–१ पौदीअमराईका वडाध्यक्ष मोहन घिमिरेले फेसबुकमा स्टाटस लेखेर मृत्युको बाटो रोजेका छन्। आज बिहान करिब ५ बजे फेसबुकमा अलबिदा लेखेर घिमिरे बिहान साढे ७ बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले बताएको हो।

National life

घरबाट करिब डेढ घन्टाको दूरीमा रहेको घन्टुङ जंगलमा घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नवीन किशोर प्रधानले पुष्टि गरे।

‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता, साथ निभाउन सकिनँ। मलाई माफ गरे। घरपरिवार, साथीभाइ, शुभचिन्तक सबैसँग माफी चाहन्छु। अल बिदा,’ वडाध्यक्ष घिमिरेले आफ्नो फेसबुकमा स्टाटस लेखेका छन्।

घिमिरे कांग्रेस मुसिकोट नगरपालिका नगर समिति अध्यक्षसमेत हुन्। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको छ।

प्रकाशित: Aug 19, 2023| 13:29 शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्