शनिबार, मंसिर २३, २०८०

गोर्खा वारियरमा नेपाली वीरताको कथाः प्रधानसेनापति शर्मा

चलचित्रमार्फत वीरताको कथालाई आगामी दिनमा समेत प्रस्तुत गर्न सेनापति शर्मा र प्रहरी बलका महानिरीक्षक अर्यालको आग्रह।
 |  शनिबार, भदौ २, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २, २०८०

काठमाडौं– नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले चलचित्रमार्फत गोर्खालीको वीरता प्रस्तुत भएको प्रतिक्रिया दिएका छन्। शुक्रबार बेलुकी आयोजित ‘गोर्खा वारियर’को विशेष प्रदर्शनी हेर्न श्रीमती सुनिता शर्मासँगै पुगेका प्रधानसेनापति शर्माले चलचित्रले गोरखालीको कथा बोलेको बताएका हुन्।

sagarmatha cement

‘चलचित्रबारे जति सुनेको थिएँ, त्यति नै राम्रो पाएँ। जंगलको परिवेशलाई खिच्न निकै मुस्किल हुन्छ। यसको पहिलो दर्शक बन्न पाउँदा खुसी छु’, प्रधानसेनापति शर्माले भने, ‘यो चलचित्र उत्कृष्ट बनेको छ।’ उनले यस्ता चलचित्रमार्फत वीरताको कथालाई आगामी दिनमा समेत प्रस्तुत गर्न निर्माता तथा निर्देशक मिलन चाम्सलगायतका निर्माण समूहलाई आग्रह गरे।

चलचित्र हेरेपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पर्दामा राम्रो कथा हेर्न पाएको प्रतिक्रिया दिए। उनले भने, ‘गाउँ आउँदा लाहुरेलाई चिटिक्क देख्नेले उनीहरुको जीवनसँग नजिक हुन पाउनेछन्। यसले उनीहरुको वीरतासँगै परिवारको कथासमेत भनेको छ। स्वदेश मात्र नभई विदेशीले पनि यो कथालाई उत्तिकै रुचाउनेमा विश्वस्त छु।’

उनले प्राविधिक रुपमा चलचित्र निकै अब्बल बनेको प्रतिक्रिया दिँदै सम्पूर्ण निर्माण समूहलाई बधाइसमेत दिए। निर्देशक चाम्सले पाएको प्रतिक्रियाले आफूलाई ऊर्जा थपेको बताए।

‘म आफैं पूर्वगोर्खा सैनिक भएकाले यसलाई एक दशकको मिहिनेतमा बनाएको हुँ। यस्ता चलचित्र पैसाभन्दा पनि चाहनाले बन्छन्। अब हामीले हाम्रो कथा भन्न सुरु गर्नुपर्छ भनेर सुरुआत गरें’, निर्देशक चाम्सले भने, ‘मलाई नेपाल आर्मीको वीरताको कथा पनि पर्दामा ल्याउन मन छ। हाम्रो वीरतासँग विश्वसँगै अहिलेको पुस्तालाई चलचित्रको माध्यमले परिचित गराउनु आवश्यक छ।’

Metro Mart
worldlink

गोर्खालीको वीरतालाई २४ भदौमा बेलायतको प्रतिष्ठित आइम्याक्स सिने वल्र्डमा विशेष प्रदर्शनी गर्न लागिएको उनले जानकारी दिए। उनले भने, ‘हलिउड र बलिउडका चलचित्र प्रिमियर हुने स्थानमा रातो कार्पेटमा नेपाली कलाकारलाई हिँडाएर विदेश प्रदर्शनको आरम्भ गर्दै छौं। त्यहाँ बेलायती सेनाको ‘द ब्यान्ड अफ द ब्रिगेड अफ गुर्खाज’ ले प्रस्तुति दिनेछन्। यस्ता गतिविधिले हाम्रो चलचित्र र कथालाई विश्वसामु लैजान मद्दत गर्नेछ।’

सन् १९४९ मा मलाया जंगलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा बनेको ‘गोर्खा वारियर’को आयोजित विशेष प्रदर्शनीमा नेपाली सेनाका उच्चपदस्थ व्यक्तित्वसँगै सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक दुर्जकुमार राई, निर्माता सुमन राई, लेखक तथा सहायक निर्देशक गिरिराज घिमिरे, सम्पादक मिलन श्रेष्ठको, छायांकन निर्देशक सुदीप बराल, द्वन्द्व निर्देशक हिमाल केसी, सञ्चारकर्मी नरेश भट्टराईलगायत उपस्थित थिए।

नेपाली, अंग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायतका कलाकारले अभिनय गरेका छन्।

प्रकाशित: Aug 19, 2023| 11:30 शनिबार, भदौ २, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्