सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • हवाई डढेलोमा १११ मृत्यु, माउईका आपत्‌कालीन सेवा प्रमुखको राजीनामा

Siddartha premir insuranceSiddartha premir insurance

हवाई डढेलोमा १११ मृत्यु, माउईका आपत्‌कालीन सेवा प्रमुखको राजीनामा

 |  शुक्रबार, भदौ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

काठमाडौं- दक्षिणपचिमी अमेरिकी टापु राज्य हवाईको माउई आपतकालीन व्यवस्थापन निकायका प्रमुखले अचानक राजीनामा दिएका छन्। माउईका प्रमुख रिचार्ड बिसेनले उनको राजीनामा तत्काल स्वीकृत गरेका छन्। 

triton college

पर्यटकीयस्थल माउई र लहाइनाका बासिन्दाले वन डढेलोको चेतावनी दिने साइरन नबजेकामा उनको व्यापक आलोलचना गर्दै आएका थिए। गत साउन २३ गतेको डढेलोले बस्तीलाई गाँज्दा एक सय ११ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्।  

यसैबीच, राष्ट्रपति जो बाइडेन र प्रथम महिला जील बाइडेन हवाईको भ्रमणमा जानुहुने भएको छ। विपक्षीहरूको तीक्ष्ण आलोचनापछि राष्ट्रपति अग्निपीडितलाई भेट्न तथा हालैको भीषण डढेलोबाट भएको वस्तुस्थितिबारे जानकारी लिन आगामी सोमबार हवाई भ्रमणमा जान लाग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आगामी  साता आगालागी भएको स्थलबाट भग्नावशेष हटाइसकिने अपेक्षा गरिएको छ। 

हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो यही साउन २३ गते बस्तीसम्म फैलिँदा एक सय ११ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन्।  सबै मृतकको सनाखत हुन सकेको छैन।  पर्यटकीयस्थल लहाइना र मौवीका भौतिक संरचना खरानीमा परिणत भएका छन्। 

झण्डै १३ हजार घरमा क्षति भएको छ। दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको  सरकारी अधिकारीहरूले बताएका छन्। 

Metro Mart
vianet

सङ्घीय सरकारले छ सयभन्दा अधिक कर्मचारी परिचालन गरेर प्रभावित स्थलमा आवश्यक व्यवस्था गरिरहेको छ भने पचास हजारभन्दा बढी अग्निपीडितलाई भोजनको प्रबन्ध गरिएको, ७५ हजार लिटर स्वच्छ पेयजल, पाँच हजार खाट र दश हजार सिरक डसनाको प्रबन्ध गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ। दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन्। सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए। 

प्रकाशित: Aug 18, 2023| 19:35 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्