सोमबार, असार ९, २०८२

दाहिने हात गुमाएकी युवा बल्लेबाजको कथामा आधारित 'घूमर' रिलिज

 |  शुक्रबार, भदौ १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १, २०८०

vianetvianet

काठमाडौं- अभिषेक बच्चन र सैयामी खेर अभिनित आर बाल्कीको चलचित्र स्पोर्ट्स ड्रामा 'घूमर’ सिनेमा घरहरुमा रिलीज भएको छ। बाल्कीद्वारा निर्देशित, घूमर एक प्रतिभाशाली युवा बल्लेबाज अनीनाको कथामा आधारित छ। एक दुर्घटनामा आफ्नो दाहिने हात गुमाएकी अनीनालाई एक असफल क्रिकेटरले नयाँ आशा जगाउँछ र उसको भाग्य बदल्नको लागि प्रशिक्षित गर्छ।

यो एक पैराप्लेजिक खेलाडीको कथा हो, जसको भूमिकामा सैयामी खेर देखिएकी छन् भने अभिषेक उनको क्रिकेट कोचको भूमिका देखिएका छन्। चलचित्र रिलिजपछि क्रिकेटर विरेन्द्र सहवागले अभिषेकको निकै प्रसंशा गरेका छन्। उनले ट्विटरमा एक भिडियो सेयर गरेर चलचित्र प्रभावकारी रहेको र सबैले एउटा खेलाडीको संघर्षको कथा हेर्नुपर्ने बताएका छन्। आफ्नो ब्लगमा महानायक अमिताभ बच्चनले पनि ’घूमर’ लाई राम्रो चलचित्र भन्दै प्रसंशा गरेका छन् ।

अभिषेक बच्चन र सैयामी खेरका साथै आर बाल्की निर्देशित चलचित्रमा शबाना आजमी, अंगद बेदी, शिवेंद्र सिंह डूंगरपुर प्रमुख भूमिकामा छन्।

 

प्रकाशित: Aug 18, 2023| 18:30 शुक्रबार, भदौ १, २०८०
प्रतिक्रिया दिनुहोस्