शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • हवाईका अग्‍निपीडितलाई भेट्न जाँदै राष्ट्रपति बाइडेन र प्रथम महिला 

हवाईका अग्‍निपीडितलाई भेट्न जाँदै राष्ट्रपति बाइडेन र प्रथम महिला 

 |  बिहीबार, साउन ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ३२, २०८०

वाशिङ्टन- राष्ट्रपति जो बाइडेन र प्रथम महिला जील बाइडेन हवाईको भ्रमणमा जाने भएका छन्। 

National life

विपक्षीहरूको तीक्ष्ण आलोचनापछि राष्ट्रपति अग्निपीडितलाई भेट्न तथा हालैको भीषण डढेलोबाट भएको वस्तुस्थितिबारे जानकारी लिन आगामी सोमबार हवाई भ्रमणमा जान लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। आगामी  साता आगालागी भएको स्थलबाट भग्नावशेष हटाइसकिने अपेक्षा गरिएको छ। 

 हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो यही साउन २३ गते बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छ भने केयौँ घाइते भएका छन्। सबै मृतकको सनाखत हुन सकेको छैन।  पर्यटकीयस्थल लहाइना र मौवीका भौतिक संरचना खरानीमा परिणत भएका छन्। 

झण्डै १३ हजार घरमा क्षति भएको छ। दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको  सरकारी अधिकारीहरूले बताएका छन्। 

संघीय सरकारले छ सयभन्दा अधिक कर्मचारी परिचालन गरेर प्रभावित स्थलमा आवश्यक व्यवस्था गरिरहेको छ भने पचास हजारभन्दा बढी अग्निपीडितलाई भोजनको प्रबन्ध गरिएको, ७५ हजार लिटर स्वच्छ पेयजल, पाँच हजार खाट र दश हजार सिरक डसनाको प्रबन्ध गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

Laxmi sunrise bank
kumari

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ। दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन्। सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए। 

प्रकाशित: Aug 17, 2023| 19:45 बिहीबार, साउन ३२, २०८०
प्रतिक्रिया दिनुहोस्