मंगलबार, चैत १७, २०८२

सेनाका तीन खेलाडी अन्तिम चारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- नेपाली सेनाका तीन खेलाडी योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरुष एकल तर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको प्रतियोगितामा सेनाका रत्नजित तामाङ्ग पुलिसका निर बिक्रम देवकोटालाई २१-१७, २१-१८ ले पन्छाउँदै अन्तिम चारमा पुगेका हुन् । अव तामाङ्गले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्ने छन् । 

रुकेशले पुलिसका बिष्णु कटुवाललाई २१-१६, २१-१९ ले पाखा लगाए । यस्तै सेनाका अर्का खेलाडी नविन श्रेष्ठले भोजपुरका बिकास श्रेष्ठलाई २१-१९, २१-११ ले पन्छाए । श्रेष्ठले फाईनल प्रवेशका लागि एपिएफका दिपेश धामीको सामना गर्ने छन् । दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१-१६, २२-२० ले पराजित गरे ।

महिला एकल तर्फ नेपाली सेनाका दुई र एपिएफका दुई खेलाडीले अन्तिम चारको यात्रा तय गरे । बिहिबार सम्पन्न क्वाटरफाईनल खेलमा सेनाका नङ्गशल देवी तामाङ्ग, एपिएफकी शोभा गौचन, सेनाकी रशिला महर्जन, एपिएफकी जेशिका गुरुङ्गले सेमिफाईनलमा स्थान बनाएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।