शुक्रबार, साउन ८, २०८३

युइएफए नेसन्स लिग : आज ९ खेल, कसको प्रतिद्वन्द्वी को ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- युरोपको अर्को ठुलो प्रतियोगिता युइएफए नेसन्स लिग फुटबलमा आज (बिहिबार) ९ खेल हुँदैछन् । क्लब लिग फुटबल विश्राम भएका बेला सुरु भएको यस अन्तर्राष्ट्रिय खेलमा आज केहि ठुला राष्ट्रबीच पनि प्रतिस्पर्धा हुदै छ । 

युइएफए नेसन्स लिग फुटबलको दोस्रो दिनमा बेल्जियम, क्रोएसिया र स्पेन लगायतका ९ राष्ट्रको खेल हुदै छ । पहिलो खेलमा काजकिस्तान र लाटभियाबीच हुदै छ । यो खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुने छन् भने बाकीँ आठ खेल आजै राति १:३० बजेबाट सुरु हुने छन् । 

बाँकी आठ खेलमा सान मारियोको सामना माल्डोभा गर्ने छ भने एन्डोरोको सामना जर्जियाले गर्ने छ । त्यस्तै बेल्जियमको सामना आइसल्यान्ड, अस्ट्रियाको सामना बोस्निया र हर्जभोभिना, लक्जेमबरको सामना बेलारुस, क्रोएसियाको सामना स्पेन, हंगेरीको सामना इस्टोनिया र ग्रीसको सामना फिनल्यान्डले गर्ने छन् । 

युइएफए नेसन्स लिग फुटबलमा आज हुने सबैभन्दा रोमाञ्चक खेल रसिया विश्वकपको उपविजेता क्रोएसिया र सन् २०१० को विश्वविजेता स्पेनबीच हुने अनुमान गरिएको छ । यतिमा हैन तुलनात्मक रूपमा दुवै बलिया भएकाले पनि यो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको हो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।