मंगलबार, चैत १७, २०८२

इपिएललाई आइसिसीको मान्यता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ ।  आउदो मंसिर २२ गतेबाट ७ पुससम्म १५ दिन चल्ने उक्त प्रतियोगिता सञ्चानल सहजताका लागि आइसिसीले मान्यता दिएको हो । 

इपिएलले मान्यता प्राप्तीका लागि आइसिसीलाई २० हजार अमेरिकी डलर अर्थात कर सहित २७ लाख ५० हजार नेपाली रुपैया  तिरेको छ ।

यो सुखद खबर इपिएलका लागि मात्र नभई लाखौ नेपाली क्रिकेटलाई माया गर्नेका लागि पनि भएको प्रतियोगिताका प्रवन्ध निर्देशक आमिर अख्तरले खुसी व्यक्त गरे । 

यससँगै उनले खेलाडी मिडिया तथाम समर्थकलाई सहयोगका लागि धन्यावाद दिएका छन् । २१ लाख पुरस्कार राशी रहेको इपिएल टी-२० क्रिकेट प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ । 

सहभागी टिमहरुमा विराटनगर वारियर्स, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, पोखरा राईनोज, भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स ११ छन् । 

पहिलो संस्करणमा पञ्चकधन्य तेज च्याम्पियन बन्दा गतवर्ष नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर वारियर्स च्याम्पियन बनेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।