बिहीबार, कात्तिक २७, २०८२

अरिजीतले काठमाडौंमा कन्सर्ट गर्ने, टिकट चार हजारबाट सुरु

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

काठमाडौं- भारतीय गायक अरिजीत सिंह पटक नेपाल आउने भएका छन्। उनी आफ्नो प्रस्तुति दिन नेपाल आउन लागेका हुन्। 

National life

आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनका अनुसार 'अरिजीत सिंह लाइभ इन नेपाल' मंसिर ९ गते शनिबार हायात होटल बौद्धमा हुनेछ। 

कन्सर्टको साधारण टिकट मूल्य ४ हजारबाट सुरू हुनेछ। थप सुविधासहित अरू महँगा टिकटसमेत उपलब्ध हुने आयोजकले जनाएको छ। साउन ३० गतेदेखि बिक्री खुला हुने टिकट खल्ति डिजिटल वालेटबाट खरिद गर्न सकिने छ।

अरिजीत सिंहले 'तुम हि हो, केसरिया तेरा, झुमे जो पठान, खैरियत, अपना बना ले' जस्ता थुप्रै चर्चित गीतमा आवाज दिएका छन्।
 

प्रकाशित: Aug 15, 2023| 22:01 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्