शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • मस्को र प्योङ्याङबीचको सम्बन्ध अझ सघन बनाउन राष्ट्रपति पुटिनको आग्रह

मस्को र प्योङ्याङबीचको सम्बन्ध अझ सघन बनाउन राष्ट्रपति पुटिनको आग्रह

 |  मंगलबार, साउन ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३०, २०८०

मस्को- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्को र प्योङयाङबीचको सम्बन्धलाई अझ सघन बनाउन उत्तर कोरियाली राष्ट्रपतिलाई आग्रह गरेका छन्। 

National life

उत्तर कोरियाको राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा आफ्ना उत्तर कोरियाली समकक्षी किम जोङ अनलाई आज पठाएको बधाई सन्देशमा रुसी राष्ट्रपतिले मस्को र प्योङयाङबीचको सम्बन्धलाई अझ सघन एवम् सुमधुर बनाउन आग्रह गरेका हुन्। 

क्रेमलिनले युक्रेनमा सेना तैनाथ गरेपछि र गत वर्षदेखि नै पश्चिमा मुलुकले शत्रुवत् व्यवहार गरेपछि रुस र उत्तर कोरिया एकजुट भएका छन्। यद्यपि दुवै देशमाथि पश्चि कठोर प्रतिबन्ध लगाउनका साथै अन्तरराष्ट्रिय समुदायबाटै एक्ल्याउने प्रयास गरेका छन्। 

'म विश्वस्त छु कि हामी कोरियाली प्रायद्वीप र समग्र उत्तरपूर्वी एसियाली क्षेत्रमा स्थायित्व  सुरक्षा सुदृढ गर्ने तथा हाम्रा जनताको हितका लागि सबै क्षेत्रमा द्विपक्षीय सहयोगलाई निरन्तरता दिनेछौँ,' राष्ट्रपति पुटिनले पठाउनुभएको सन्देशमा भनिएको छ। 

गत महिना प्योङयाङमा आफ्ना समकक्षी काङ सुन नामसँगको भेटमा उत्तर कोरियासँगको आफ्नो देशको साझेदारीलाई रक्षामन्त्री सर्गेई शोइगुले प्रशंसा गरेपछि रुसी नेताको यो भनाइ स्वतन्त्रता दिवसका सन्दर्भमा सार्वजनिक भएको छ। 

Laxmi sunrise bank
kumari

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी रक्षामन्त्री सैन्य सहयोग प्राप्त गर्ने चाहनाका साथ प्योङयाङको भ्रमणमा गएको प्रतिक्रिया दिनुभएको थियो। उत्तर कोरियाबाट हतियारको आपूर्ति सुरक्षित गर्न रुसी रक्षामन्त्री प्योङयाङ गएको अमेरिकाले बताएको थियो। 

प्रकाशित: Aug 15, 2023| 19:50 मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्