शुक्रबार, साउन ८, २०८३

लिगमा पीएसजीको सर्वाधिक गोल, मेस्सी र रोनाल्डोलाई चुनौती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- जारी सिजन २०१८-१९ को हालसम्मको खेल अनुसर युरोपका शीर्ष पाँच लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सर्वाधिक गोल गर्ने क्लब बनेको छ । युरोपका शीर्ष पाँच लिगमा फ्रेन्च क्लब पिएसजी ४५ गोल गर्दै सबैभन्दा धेरै गोल गर्ने क्लब बनेको हो ।

यस सिजन लिग वानका १३ खेल खेलेको पीएसजीले ४५ गोल गर्दा मात्र ७ गोल खाएको छ । यो नै युरोपका पाँच लिगमध्ये सबैभन्दा बढी गोल संख्या हो । पिएसजीमा नेइमार, फ्रेन्च युवा फरवार्ड केलियन एमबाप्पे, उरुग्वेन फरवार्ड इडिसन काभानी रहेका छन् ।

पिएसजीपछि इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपमा धेरै गोल गर्ने दोस्रो क्लब बनेको छ । लिगको साबिक विजेतासमेत रहेको सिटीले लिगका १२ खेल सकिँदा ३६ गोल गरिसकेको छ । त्यसबीचमा उसले पिएसजीको भन्दा कम ५ गोल कम हो । 

तेस्रो स्थानमा सुपरस्टार लियोनल मेस्सीको टोली बार्सिलोना रहेको छ । ला लिगाको साबिक विजेता बार्सिलोनाले यो सिजन १२ खेल सकिँदा विपक्षीको पोस्टमा कूल ३४ गोल गरेको छ भने १८ गोल खाएको छ ।

युरोपको अर्को लिग बुन्डेसलिगमा सर्वाधिक धेरै गोल गर्ने क्लब बोरुसिया डर्टमन्ड भएको छ । उसले लिगका १२ खेल सकिँदा ३३ गोल गरेको छ । डर्टमन्डले लिगको साबिक विजेता बार्यन म्युनिखलाई पनि गोल गर्ने मामिलामा पछि पारेको छ । डर्टमुन्डेले ३३ गोल गर्दा १२ गोल खाएको छ । युरोपका शीर्ष पाँच गोलकर्ता क्लबको सूचीमा प्रिमियर लिगकै चेल्सी रहेको छ । उसले हालसम्म लिगमा २७ गोल गरिसकेको छ । उसले आफ्नो पोस्टमा ८ गोल खाएको छ ।

यता, सुपरस्टार क्रिस्टियानो रोनाल्डोको टोली युभेन्टसले भने सिरी ए मा उति गोल गर्न सकेको छैन । १२ खेलपछि युभेन्टस युरोपका सर्वा्धिक ५ गोलकर्ताको सूचीमा पनि अटेको छैन । रोनाल्डोको टोलीले सिरी ए मा हालसमम १२ खेल सकिँदा कूल २६ गोल गरेको छ । जुन चेल्सीको भन्दा मात्रै १ गोलले बढी हो । युभेन्टसले आफूले भने ८ गोल मात्रै खाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।