शुक्रबार, पुस ४, २०८२

चिनियाँ रक्षामन्त्रीले रूस र बेलारूसको भ्रमण गर्ने

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

बेइजिङ- चीनका रक्षामन्त्री ली शाङफुले यसै साता रूस र बेलारूसको भ्रमण गर्नुहुने भएको छ। बेइजिङ र मस्कोबीचको सम्बन्ध उच्चस्तरीय भ्रमण र फोन वार्ताबाट प्रगाढ बन्दै गएको चिनियाँ रक्षा मन्त्रालयले सोमबार जनाएको छ।

National life

हालैका वर्षहरूमा चीनले रूसद्वारा युक्रेनमा गरिएको आक्रमणको विरोधमा बोल्न इन्कार गरेपछि सम्बन्ध चीन र रूसबीचको सम्बन्ध थप नजिकिएको छ। युक्रेनमाथि रूसले गरेको युद्धको विश्वका धेरै मुलु्कबाट व्यापक निन्दा भएको छ।

रूसी सैन्य प्रविधि खरिदका लागि वासिङ्टनले आफूमाथि लगाएको प्रतिबन्ध नहटाएसम्म लीले अमेरिकी समकक्षीसँग भेटघाट गर्न अस्वीकार गर्दै आएका छन्। भ्लादिमिर पुटिनका एक सहयोगीले गत महिना रूसी राष्ट्रपति पुटिनले अक्टोबरमा चीन भ्रमण गर्ने योजना बनाइरहेको र मार्चमा राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गरी दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका थिए।

लीले दुई नौसेनाबीच घनिष्ठ द्विपक्षीय सहयोगका लागि आह्वान गरेपछि चीन र रूसले पनि जुलाईमा संयुक्त नौसैनिक अभ्यास गरेका थिए। बेइजिङबाट रूसी नौसेनाका प्रमुख निकोलाई येभमेनोभसँग कुरा गर्दै लीले दुवै देशले ‘सबै तहमा सञ्चारलाई मजबुत बनाउन सक्ने’ आशा व्यक्त गरेको चिनियाँ रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

चीन र रूस रणनीतिक सहयोगी हुन् र दुवै पक्षले आफ्नो साझेदारी र आर्थिक तथा सैन्य सहयोगलाई ‘नो लिमिट’ को संज्ञा दिँदै आएका छन्। रूसले गत वर्ष फेब्रुअरीमा युक्रेनमा सैन्य अभियान सुरु गरेपछि र त्यसपछि पश्चिमा मुलुकले लगाएको आर्थिक प्रतिबन्धपछि दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको थियो।

Laxmi sunrise bank
kumari

रुसी रक्षामन्त्री (सर्गेइ) शोइगु र बेलारूसका रक्षामन्त्री (भिक्टर) खरेनिनको निमन्त्रणामा स्टेट काउन्सिलर तथा रक्षामन्त्री ली शाङफु अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी ११औँ मस्को सम्मेलनमा भाग लिन र बेलारुसको भ्रमण गर्न रूस जानेछन्। 

लीको रूस भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सुरक्षा मञ्चमा सम्बोधन गर्नुका साथै रूस र अन्य देशका रक्षा विभागका प्रमुखहरूसँगको भेटघाट पनि समावेश हुने प्रवक्ताले बताएका छन्।

चीनका उच्च कूटनीतिज्ञ वाङ यीले गत साता रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभसँग फोनमा कुरा गर्दै दुई देशबीचको ‘व्यावहारिक सहयोग’को प्रशंसा गरेका थिए। चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'बेइजिङ र मस्कोले निकट रणनीतिक समन्वय कायम राख्न, विश्व बहुध्रुवीकरण र अन्तर्राष्ट्रिय सम्बन्धको लोकतान्त्रिकरणलाई बढावा दिन जारी राख्नुपर्छ।'

रणनीतिक साझेदार रूससँग घनिष्ठ सम्बन्ध कायम राख्दै चीनले युक्रेन द्वन्द्वमा आफूलाई तटस्थ पक्षका रुपमा स्थापित गर्न खोजेको छ। 

प्रकाशित: Aug 14, 2023| 19:25 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्