शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नाइजर : बाजूमलाई ‘उच्च राजद्रोह’ को अभियोगमा मुद्दा चलाइने

नाइजर : बाजूमलाई ‘उच्च राजद्रोह’ को अभियोगमा मुद्दा चलाइने

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

नाइजर- नाइजरका विद्रोही सैनिकहरूले अपदस्थ राष्ट्रपति मोहम्मद बाजुमलाई ‘उच्च राजद्रोह’ र राज्यको सुरक्षालाई कमजोर पारेको अभियोगमा मुद्दा चलाउने बताएका छन्।

National life

नाइजरको दण्ड संहिताअनुसार बाजुमदोषी ठहरिएमा उहाँलाई मृत्युदण्डको सजाय हुनसक्छ।

प्रवक्ता कर्नेल अमादोउ अब्दरमानेले आइतबार राति सरकारी टेलिभिजनमा भने, 'सैन्य शासनले अपदस्थ राष्ट्रपति र उहाँका स्थानीय तथा विदेशी सहयोगीहरूलाई ‘उच्च राजद्रोह’ र नाइजरको आन्तरिक र बाह्य सुरक्षालाई कमजोर पारेको आरोपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अधिकारीहरूसमक्ष मुद्दा चलाउन आवश्यक सबै प्रमाणहरू जुटाएको छ।'

उक्त घोषणामा न त आरोपको बारेमा कुनै स्पष्ट विवरण दिइएको छ न त मुद्दाको परिस्थिति वा सुनुवाईको मिति नै उल्लेख गरिएको छ।

नाइजरका प्रजातान्त्रिक ढङ्गबाट निर्वाचित राष्ट्रपति बाजुमलाई राष्ट्रपति गार्डका सदस्यहरूले जुलाई २६ मा कब्जामा लिई पदच्युत गरेका थिए। त्यसपछि उहाँ आफ्नी पत्नी र छोरासहित राजधानी नियामीस्थित राष्ट्रपति परिसरमा नजरबन्दमा छन्। 

Laxmi sunrise bank
kumari

राष्ट्रपतिका नजिकका व्यक्तिहरू र उनको सत्तारुढ दलका नेताहरूले उनको परिवारको बिजुली र पानी काटिएको र उनीहरूको खाना समाप्त भएको बताएका छन्। जुन्टाले आइतबार राति यी रिपोर्टहरू खारेज गर्दै पश्चिम अफ्रिकी राजनीतिज्ञहरू र अन्तर्राष्ट्रिय साझेदारहरूले जुन्टालाई बदनाम गर्न दुष्प्रचार गरेको आरोप लगाएको छ।

प्रकाशित: Aug 14, 2023| 19:45 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्