शुक्रबार, पुस ४, २०८२

म्यान्मारको खानीमा पहिरो जाँदा कम्तीमा २५ जना बेपत्ता

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

म्यानमार- म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड (बहुमुल्य पत्थर) खानीमा गएको पहिरोमा परी कम्तीमा २५ जना बेपत्ता भएको उद्धारकर्मीले सोमबार बताएका छन्।

National life

सन् २०२० मा सयौं खनिकहरू पहिरोमा फसेका उत्तरी काचिनको हापाकान्त नगर नजिकै आइतबार भएको यो घटना मुसलधारे वर्षा र बाढीले देशको अधिकांश भाग जलमग्न भएको केही दिनपछि भएको हो।

अत्यधिक आकर्षक जेड खनन उद्योग प्रायः अनियमित छ, जसका लागि आप्रवासी कामदारहरूले खतरनाक अवस्था र अक्सर घातक दुर्घटनाहरू सहन्छन्।

नाम नबताउने शर्तमा एक उद्धारकर्मीले एएफपीसँग भने, 'करीब २५ व्यक्ति वेपत्ता भएको पुष्टि भएको छ। यहाँ पुग्न निकै कठिन छ त्यसैले हामीलाई विस्तृत सूची प्राप्त भएको छैन।'

उनले १५०–१८० मिटर (५००–६०० फिट) अग्लो माटोको विशाल थुप्रो तीव्र वर्षाले गलेको र भत्किएको बताए। खोजी र उद्धार कार्य जारी रहेको तर जेड भेट्टाउने आशामा केही कामदार आफ्नो शरिरको जोखिम मोलेर पनि घटनास्थलमा फर्किसकेका उनले बताए।

Laxmi sunrise bank
kumari

उनले भने, 'अहिलेसम्म कुनै पनि शव फेला परेको छैन।' अर्का एक उद्धारकर्मीले एएफपीसँग कुरा गर्दै दोस्रो पटक पहिरो खस्ने डरका बाबजुद पनि उद्धारको प्रयास जारी रहेको पुष्टि गरेका छन्।

आपतकालीन समूह ‘म्यान्मार रेस्क्यु’मा रहेका ती व्यक्तिले नाम नबताउने शर्तमा भने, 'उद्धारकर्मीका लागि वेपत्ताको खोजी गर्नु सुरक्षित छैन।'

वर्षायाममा खानी सञ्चालन बन्द गरिएको भए पनि पहिरोमा फसेका स्थानीयले सहजै धनी बन्ने लालसामा खानीभित्र गएको वेला दुर्घटना भएको हुनसक्ने उनले बताए।

छिमेकी मुलुक चीनमा अत्यधिक लोभलाग्दो रत्न कोर्न कम तलब पाउने आप्रवासी कामदारको प्रयोग गर्ने कमजोर नियमन गरिएको तर आकर्षक जेड उद्योगमा काम गर्दा वर्षेनी दर्जनौँको मृत्यु हुने गरेको छ।

प्रकाशित: Aug 14, 2023| 20:40 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्