बिहीबार, जेठ २८, २०८३

प्रियंका गान्धीविरुद्ध ४० उजुरी,पर्लिन् पक्राउ ?

 |  सोमबार, साउन २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

सोसल मिडिया ट्विटर (एक्स) मा गरेको एक पोष्टलाई लिएर भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ। मध्य प्रदेशका ४१ जिल्लामा उनीविरुद्ध जाहेरी परेको हो।

National life

प्रहरीका अनुसार अहिलेसम्म यो प्रकरणमा कसैलाई पनि गिरफ्तार गरिएको छैन। मध्य प्रदेश प्रहरीको अपराध शाखाका डीसीपी सुकृति सोमवंशीका अनुसार राज्य पुलिसले चाँडै जाहेरीमा उल्लेख भएका व्यक्तिहरुलाई नोटिस पठाउनेछ। 

जाहेरीमा प्रियंकासँगै मध्य प्रदेशका पूर्व मुख्यमन्त्री कमलनाथ र पूर्व  केन्द्रीय मन्त्री अरुण यादवको पनि नाम समावेश छ।

प्रियंकाले ११ अगष्टमा अखबारको एक तस्बिरसहित मध्य प्रदेशका मुख्य न्यायाधीशलाई खुला पत्र लेखेकी थिइन्।  

प्रकाशित: Aug 14, 2023| 14:11 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्