शनिबार, साउन ३, २०८२

विभिन्न स्थानमा पाँच जना मृत फेला

 |  सोमबार, साउन २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन २९, २०८०

vianetvianet

कैलाली, जानकी गाउँपालिका-२ कटघर पथरैया नदीको बाणी नहरमा लम्की चुहा नगरपालिका-१० बस्ने ६० वर्षीय भुकारी डगौरा थारू आइतबार मृत अवस्थामा फेला परेका छन्।

ललितपुर, ललितपुर महानगरपालिका-१६ गाबाहाल डेरा गरी बस्ने सिरहा, सिरहा नगरपालिका-१३ घर भएकी ३५ वर्षीया संगिता देवी यादव आफ्नै डेरा कोठामा आइतबार मृत अवस्थामा फेला परेकी छन्।

बर्दिया, बासगढी नगरपालिका-८ बनगौरी बस्ने ६० वर्षीय तुल बहादुर परियार सोही ठाउँस्थित खेतमा सोमबार र बढैयाताल गाउँपालिका-६ उच्चागाउँस्थित सार्वजनिक पोखरीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन्।

कास्की, पोखरा महानगरपालिका-१९ तल्लो गोष्तेघाटस्थित सेती नदीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६ वर्षीया बालिका आइतबार मृत अवस्थामा फेला परेकी छन्।

तनहुँ, ब्यास नगरपालिका-७ मादीस्थित कलेस्ती नदीको दोभानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन्।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Aug 14, 2023| 13:39 सोमबार, साउन २९, २०८०
प्रतिक्रिया दिनुहोस्