बिहीबार, पुस २४, २०८२

'खिचडी' को सिक्वेल आउने

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

चलचित्र 'खिचडी २' यस वर्षको दीपावलीको अवसरमा नोभेम्बर १२ मा रिलिज हुने भएको छ। रिलिज मिति घोषणाको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै फिल्म निर्माताले यो जानकारी दिएका हुन्। 

National life

यो चलचित्र २०१० मा आएको चलचित्र 'खिचडी: द मुभी'को सिक्वेल हो। फिल्मका लेखक-निर्देशक आशिष कपाडिया हुन् भने फिल्म ह्याट्स अफ प्रोडक्सनले निर्माण गरेको हो। लोकप्रिय सिटकम शोका सब पात्रहरू भिडियोमा देखिएका छन्। 

घोषणा भिडियोमा हंसाले आफ्नै शैलीमा ठट्टा गरिरहेकी छिन् भने हिमांशुले आफू एनआरआई नभएर एमआरआईको कुरा गरिरहेको बताउँछन्। यस भिडियोमा फराह खान पनि देखिएकी छिन्।

चलचित्रमा सुप्रिया पाठक फेरि हंसाको भूमिकामा देखिनेछिन्। त्यस्तै, राजीव मेहता प्रफुल र अंगद देसाई बाबुजीको भूमिकामा देखिनेछन्। जयश्रीको भूमिकामा वन्दना पाठक र परमिन्दरको भूमिकामा कीर्ति कुल्हारी देखिनेछन्। जसमा अभिनेता तथा निर्माता जमनादास मजेठिया हिमांशुको भूमिकामा देखिनेछन्। वन्दना सन् २०१० मा आएको फिल्म खिचडीः द मुभीमा देखिएकी थिइनन्।

यो फिल्मबाट पारेख परिवार झण्डै दुई दशकपछि फेरि ठूलो पर्दामा देखिने भएको छ। खिचडी एक मात्र भारतीय शो हो जुन स्टेज प्लेको रूपमा सुरु भएको थियो र यस शोमा आधारित चलचित्र पनि बनाइएको छ। यो शोको ९८ एपिसोडहरू करिब २ वर्षदेखि टिभीमा आएका थिए। शो मुम्बईमा बस्ने गुजराती परिवारको जीवनमा आधारित छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 13, 2023| 20:33 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्