शुक्रबार, पुस ४, २०८२

बससँग कार ठोक्किँदा एकै परिवारका सात जनाको मृत्यु

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

National life
Laxmi sunrise bank
kumari

भारत राजस्थानको बन्थडी गाउँमा शनिबार राति बस र कार ठोक्किँदा एकै परिवारका सात जनाको घटनास्थलमा मृत्यु भएको छ भने एक बालकसहित दुईजना गम्भीर घाइते भएका छन्। उनीहरू वैवाहिक समारोहमा सहभागी हुन सिकरबाट नागौर जाँदै थिए।

सिकरबाट द्रुत गतिमा आइरहेको कार बन्थडी गाउँको तित्री चोकमा बससँग ठोक्किएको थियो। सात जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने एक नाबालक सहित दुई जनालाई डिडवानाको सरकारी बांगर अस्पतालमा प्राथमिक उपचारपछि जयपुर रिफर गरिएको एक जना सुरक्षा अधिकारीले बताएका छन्।

यसअघि शनिबार अपराह्न राजस्थानको जैसलमेरमा सीमा सुरक्षा बल (बिएसएफ)का जवान सवार ट्रक पल्टिँदा एक जवानको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।

प्रकाशित: Aug 13, 2023| 15:35 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्