आइतबार, वैशाख २३, २०८१

उड्नै लागेको विमानमा चरा ठोक्किएपछि...

 |  आइतबार, साउन २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २८, २०८०

बंगलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन्।

triton college

राष्ट्रिय ध्वजावाहक विमान बंगलादेशको ब्यांकक उड्न लागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ। यात्रुहरूलाई  वैकल्पिक व्यवस्था गरेर  ब्यांकक पठाइएको थियो।

दोस्रो घटनामा फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको बायाँ इन्जिनमा चरा ठोक्किएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो। विमान उड्न केही सेकेण्ड बाँकी हुँदा अकष्मात् रोक्नुपर्दा दुई वटा पाङ्ग्रा पनि पग्लिएका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै उक्त अखबारले खबर छापेको छ।

यसअघि गत डिसेम्बरमा पनि सोही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोक्किएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो।

प्रकाशित: Aug 13, 2023| 15:16 आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्