शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्तारुढ दलका विद्यार्थी संगठनको माग- चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फेरि गराउनुपर्छ

सत्तारुढ दलका विद्यार्थी संगठनको माग- चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फेरि गराउनुपर्छ

सत्तारूढ दल निकट विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं- सत्तारूढ दल निकट विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन्।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अखिल छैटौँ र समाजवादी विद्यार्थी युनियनको संयुक्त बैठक बसी आयोगद्वारा लिइएको प्रवेश परीक्षामा कोटाभन्दा कम विद्यार्थी मात्र उत्र्तीण गरेको भन्दै पुनः परीक्षाको माग गरेका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले बताए।

‘प्रवेश परीक्षाबाट क्षमताभन्दा थोरै विद्यार्थी उत्तिर्ण हुँदा विद्यार्थीले मुलुकभित्र अध्ययनको अवसर नपाई विदेश जाने परिस्थिति हुन्छ। जसले गर्दा विद्यार्थीलाई झन्झट, तनाव थपिने र नेपाली मुद्रा विदेशिने स्थिति बनेका कारण तत्काल पुनः प्रवेश परीक्षाको मिति सार्वजनिक गरी विद्यार्थीलाई देशमै अध्ययनको वातावरण बनाउन माग गर्दछौँ,’ उनले भने।

बैठकले इञ्जिनीयरिङ क्याम्पसमा गरिएको शुल्क वृद्धि फिर्ता लिन र इञ्जिनीयरिङको शुल्क निर्धारण आयोग गठन गरी देशभरिका क्याम्पसमा एउटै शुल्क निर्धारण गर्न माग गरेको छ।

पूर्वाञ्चल विश्वविद्यालयमा भएको भ्रष्टाचारको विषयमा उच्चस्तरीय छानबिन समिति गठन गरी भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अनियमितामा संलग्न उपकुलपतिलाई वर्खास्त गर्न पनि माग गरिएको छ।

बैठकले विदेशी विश्वविद्यालयको सम्बन्धमा सञ्चालित शिक्षण संस्थाले जथाभावी शुल्क असुल गरेको पाइएकाले ति संस्थामाथि अनुगमन गरी कारबाही गर्न बैठकले माग गरेको अखिलका अध्यक्ष पराजुलीले बताए।

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा इञ्जिनीयरिङ, मेडिकल, वाणिज्य सहितका विषयमा कोटा थप गर्न माग गर्दै कक्षा ११ र १२ मा दिइँदै आएको छात्रवृति कार्यान्वयनको सन्दर्भमा शहरका विद्यालयमा कठिनाइ उत्पन्न भएको हुनाले तत्काल कार्यविधि बनाइ छात्रवृत्ति सहज बनाउन बैठकले माग गरेको छ।

प्रकाशित: Aug 13, 2021| 07:05 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...