मंगलबार, चैत १७, २०८२

राखेपको उपाध्यक्षमा पिताम्बर तिम्सिना नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- राष्ट्रिय खेलकुद परिषदको रिक्त रहेको उपाध्यक्ष पदमा पिताम्बर तिम्सिना नियुक्त भएका छन्। बुधबार एक कार्यक्रम विच राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिक (सुनारले) तिम्सिनालाई युवा तथा खेलकुद मन्त्रालयमा उपाध्यक्ष पद तथा गोपनियताको सपथ गराएका हुन्।

तिम्सिनालाई खेलकुद विकास ऐन २०४८ को दफा ३ को उपदफा ३ बमोजिम मिति २०७५।०७।२८ गते देखि लागु हुने गरि सदस्य पदमा बहाल रहने अवधीभरका लागि उपाध्यक्षमा नियुक्त गरिएको युवा तथा खेलकुद मन्त्री एवं राखेप अध्यक्ष बिकले जनाकारी दिए।

उपाध्यक्ष तिम्सिनाले बुधबार नै राष्ट्रिय खेलकुद परिषदमा आफ्नो पद बहाली गरेका छन्। यस अघि पनि तिम्सिनाले २०६६ सालमा राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा नियुक्त भई चार बर्षिय कार्यकाल पुरा गरेका थिए।

उपाध्यक्षमा नियुक्त हुनु अघि तिम्सिना लगायत राजेश गुरुङ्ग तथा ईन्दिरा निरौलालाई मन्त्री परिषद्को २०७५।०७।२५ गतेको निर्णय अनुसार राखेपको रिक्त रहेको सदस्य पदमा मनोनित गरिएको पत्र प्रदान गर्नुका साथै युवा तथा खेलकुद मन्त्री बिकले सदस्य पद तथा गोपनियताको सपथ गराएका थिए।

सदस्यहरुलाई बधाई दिंदै मन्त्री बि.क.ले सदस्यहरुलाई दिईएको जिम्मेवारी पुरा गर्ने विश्वास व्यक्त गर्दै मन्त्रालय तथा परिषद्ले लिएका नीति तथा कार्यमा दत्तचित्तभई कार्य गर्न शुभकामना प्रदान गरे।

उपाध्यक्षमा नियुक्त भए पश्चात बोल्दै तिम्सिनाले आफुले पुर्व राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा रहेर गरेको कार्यको मुल्याङ्कन गर्दै पुनः राखेपको सदस्यमा नियुक्त गरेकोमा मन्त्री परिषद्लाई र उपाध्यक्ष पदमा नियुक्त गरेकोमा मन्त्री एवं अध्यक्षलाई धन्यवाद प्रदान गर्दै राष्ट्रिय खेलकुद परिषदमा देखिएको विकृती र विसंगतीलाई निर्मूल गर्न लागि पर्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।