शनिबार, वैशाख २२, २०८१

भारत-पाकिस्तानको द्वेषपूर्ण लडाइँ र बल प्रदर्शनको कथा 'सर्वजित'

 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

भारत-पाकिस्तानको द्वेषपूर्ण लडाइँ र बल प्रदर्शनको ‘सर्वजित’ एक प्रतिनिधि पात्र हुन्। यस्तो चलचित्रको चर्चा खासै नभए पनि यी चलचित्रहरुले दुई देशबीचको बलमिच्याइँको नांगो रुप प्रदर्शित गर्छ। सर्वजित एक चरित्र प्रधान चलचित्र हो। सर्वजित जसलाई पाकिस्तानी सरकारले विना कारण पक्राउ गरेको छ। चरम यातना दिन्छ तर न्याय दिँदैन।

triton college

भारत पन्जाबको सामान्य एक किसान पाकिस्तानको जेलमा कसरी जीवन–मरणको भूमरिमा फस्न पुग्छ भन्ने सत्य घटनामा आधारित चलचित्र हो सर्वजित। एक साँझ रक्सीको मातमा सर्वजित ‘नो मैन्स ल्यान्ड’ पार गर्छन्। जहाँ उनलाई पाकिस्तानी सुरक्षाकर्मीले पक्राउ गर्छ। साधारण ग्रामिण किसान सर्वजितलाई लाहौर बम विष्फोटको दोषी करार गर्दै उनलाई अदालतले मृत्युदण्डको फैसला सुनाउँछ। कथानकले यहाँबाट नयाँ मोड लिन्छ।

आफ्नो प्यारो भाइलाई निर्दोष सावित गर्न र उनलाई फिर्ता घर ल्याउन उनकी दिदी दलवीर अर्थात ऐश्वर्या रायद्वारा गरिएको संघर्ष नै चलचित्रको केन्द्रिय विषय हो। सर्वजितको भूमिकामा रणदिप हुड्डा देखिएका छन् भने उनकी दिदीको भूमिकामा ऐश्वर्या राय रहेकी छन्। यी दुवै प्रभावशाली कलाकाहरुले चलचित्रमा कुशल अभिनय गरेका छन्।

चरित्र प्रधान यस चलचित्रको निर्देशन उमंग कुमारले गरेका छन्। उनले कथासँग पूर्ण न्याय गरेका छन्। सन् १९९० मा जेल परेका सर्वजित २३ वर्षपछि अर्थात २०१३ मा पाकिस्तानी जेलमा नै उनीमाथि हमला गरिन्छ। जसको केही समयपश्चात नै उनको निधन हुन्छ। विगत २३ वर्षको संघर्ष र एक परिवारले भाग्ने अनेक हन्डर र विद्रोहको कथा हो सर्वजित।

सबैको जानकारीमा रहेको घटनामाथि चलचित्र बनाउनु चुनौति थियो तर त्यसभन्दा पनि विषय र संघर्षलाई सही तरिकाले प्रस्तुत गर्नु ठूलो चुनौति थियो जसमा निर्देशक उमंग कुमार सफल रहे। संवाद, कथा भन्ने शैली र दृश्य यति सशक्त छ कि कुनै पनि दृश्यमा दर्शकको मन उचाट हुँदैन। पटक पटक दर्शकहरुको आँखा रसाउँछ।

corrent noodles
Metro Mart

चलचित्रमा रणदिपको हुलिया, बोल्ने शैली र हाउहाउले उनलाई वास्तविक सर्वजितमा रुपान्तरण गरिदिएको छ। चलचित्रमा सबैभन्दा सशक्त अभिनय पनि रणदिप हुड्डाले नै गरेका छन्। उनी वास्तविक लाग्छन् भने ऐश्वर्याको चरित्र र अभिनय पनि सशक्त रहेको छ। सर्वजितको श्रीमति सखप्रितको भूमिकामा ऋचा चड्डा देखिएकी छन्। उनको चरित्रले पनि आफ्नो प्रभाव छोड्न सफल भएको छ।

सर्वजित र उनकी दिदी दलवीरको संघर्ष र रणदिप तथा ऐश्वर्याको अभिनयको लागि पनि उक्त चलचित्र हेर्नुपर्ने खालको छ।

 

 

प्रकाशित: Aug 12, 2023| 20:08 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्