आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • आसियान मन्त्रीस्तरीय बैठकमा लागुऔषध नियन्त्रण सहकार्यबारे छलफल

आसियान मन्त्रीस्तरीय बैठकमा लागुऔषध नियन्त्रण सहकार्यबारे छलफल

 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

भेन्टियाना- लागुऔषध सम्बन्धी मामिलामा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) को आठौं मन्त्रीस्तरीय बैठक लाओको राजधानी भेन्टियानमा सम्पन्न भएको छ।

triton college

उक्त बैठकमा मूलरूपमा लागुऔषधमुक्त आसियानको अभियानलाई साकार पार्न अवैध लागुऔषध विरुद्धको सहकार्यबारे छलफल भएको छ। शुक्रबार लाओका उपप्रधान तथा सार्वजनिक सुरक्षामन्त्री विलाय लखामफोङको अध्यक्षतामा बसेको बैठकमा आसियान सदस्य राष्ट्रहरू र टिमोर-लेस्टेका प्रतिनिधिहरू पर्यवेक्षकका रूपमा उपस्थित  रहेको लाओ नेशनल रेडियोले उल्लेख गरेको छ।

बैठकमा अवैध लागुऔषध विरुद्ध समुदाय सुरक्षित गर्ने आसियान कार्य योजना २०१६ को कार्यान्वयनको प्रगतिका बारेमा  पनि छलफल भएको थियो। सो अवसरमा  यस क्षेत्रको वर्तमान अवैध लागुऔषध अवस्थाबाट उत्पन्न हुनसक्ने चुनौतीहरूको प्रभावलाई सम्बोधन र न्यूनीकरण गर्ने कार्यमा जोड दिँदै संवादलाई बढावा दिँदै र सूचनाको आदानप्रदानलाई सहज बनाउँदै लैजाने कुरामा जोड दिइएको छ।

बैठकले प्रत्येक  आसियन सदस्य  राष्ट्रहरूको कानून बमोजिम लागुऔषधमुक्त आसियानलाई साकार पार्ने प्रयासमा लागुऔषध समस्या समाधान गर्न आसियान मन्त्रीहरू बीचको दृढ प्रतिबद्धतालाई पुन: पुष्टि गरेको सहभागीहरूले बताएका छन्।

प्रकाशित: Aug 12, 2023| 21:00 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्