शुक्रबार, पुस ४, २०८२

सैनिक सवार बसमा बम विस्फोट गराउँदा ३३ जना मारिए

 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

दमासकस- इस्लामिक स्टेट (आईएस) समूहका लडाकुले सिरियाको देइर एजोर प्रान्तको मायादीन नजिकैको मरुभूमिमा सैनिक जवान सवार बसलाई घेरेर आक्रमण गर्दा ३३ जनाको मृत्यु भएको छ। 

National life

युद्ध अनुगमन गर्ने बेलायती स्वतन्त्र संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सेनाका जवान सवार बसमा बिहीबार साँझ भएको आक्रमणमा उनीहरू मारिएका हुन्। 

आईएसका जेहादीले विशाल सिरियाली मरुभूमिमा लुक्दै विभिन्न ठाउँमा विद्युतीय धराप थाप्ने तथा प्रहार गर र भाग (हिट एन्ड रन) आक्रमण गर्दै आएको छ। यो हमला यो वर्ष भएका आक्रमणमध्ये सबैभन्दा घातक हो। आईएस लडाकाले सर्वसाधारणका साथै सरकारी सेनालाई निशाना बनाउँदै आएका छन्।

यसअघि आईईएस लडाकुले आफ्नो  पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका थिए। सरकारी सेनाले राका प्रान्तको दक्षिण र पूर्वका ग्रामीण क्षेत्रमा नियन्त्रण कायम गरेका छन्भने कुर्द लडाकुले बाँकी भागमा आफ्नो आधिपत्य जमाएका छन्। सन् २०१७ सम्म राका शहर आईएस समूहको क्रूरता केन्द्र बनेको थियो। 

प्रकाशित: Aug 12, 2023| 22:00 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्