सोमबार, वैशाख २४, २०८१

ताइवानका उपराष्ट्रपति अमेरिका हुँदै पराग्वे भ्रमणमा

 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

ताइपेई- ताइवानका उपराष्ट्रपति विलियम लाइ संयुक्त राज्य अमेरिका हुँदै दक्षिणअमेरिकी मुलुक पराग्वेको भ्रमणमा जाने भएका छन्। 

triton college

पराग्वेको राष्ट्रपतिमा निर्वाचित सान्टियागो पेनाको पदबहाली समारोहमा सहभागी हुन ताइवानी नेता असुनसियनतर्फ प्रस्थान गर्न लागेका हुन्। पराग्वेका जनतालाई ताइवानको शुभकामना व्यक्त गर्न केही बेरमा असुनसियनतर्फ प्रस्थान गर्न लागेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

ताइवनी नेताहरूबाट हुने हरेक विदेश भ्रमणलाई चीनले गम्भीर भएर हेर्ने गरेको छ। अमेरिका भ्रमण उसका निम्ति अत्यन्त संवेदनशील विषय बन्दै आएको छ। यसअघि राष्ट्रपति साई इङ्गवेनको भ्रमणबाट क्रुद्ध भएको बेइजिङले उपराष्ट्रपतिको भ्रमणलाई लिएर अहिलेसम्म केही प्रतिक्रिया जनाएको छैन। 

ताइवान आफ्नो भूमि भएको दाबी गर्दै बेइजिङले आवश्यक परेमा बल प्रयोग गरेर एक दिन आफ्नो नियन्त्रणमा ल्याउन सकिने बताउँदै आएको छ। उसले त्यहाँ राजनीतिक एवं सैन्य दबाब पनि बढाउँदै आएको छ। ताइवानसँग अन्य देशले औपचारिक सम्बन्ध स्थापना तथा भ्रमणलगायत अन्य तहमा हुने आदानप्रदानको बेइजिङले विरोध गर्दै आएको छ। संसारका सबै देशबाट ‘एक चीन सिद्धान्त’को पूर्ण परिपालना हुनुपर्नेमा पनि उसले जोड दिँदै आएको छ। 

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवार उपराष्ट्रपति विलियम प्रस्थानका क्रममा न्युयोर्क र स्वदेश फर्कदा सान फ्रान्सिस्कोमा रोकिने कार्यक्रम छ। अमेरिकामा रहँदा अमेरिकी मित्रहरूलाई भेट्न आफू उत्साहित रहेको उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। भर्जिनियामा रहेको ताइवानको अमेरिकी संस्थानका अध्यक्ष लौरा रोजेनबर्गरले उनलाई स्वागत गर्न अमेरिकी अधिकारीहरू उत्सुक रहेका बताएकी छन्। 

corrent noodles
Metro Mart

गत अप्रिलमा क्यालिफोर्नियामा राष्ट्रपति साईले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीसँग भेट गरेपछि  रिसाएको चीनले ताइवानको जलक्षेत्र र आकाशमा बृहत् शक्ति प्रदर्शनका साथ तीनदिने सैन्य अभ्यास गरेको थियो। 

ताइवानको शान्ति र स्थायित्वमा आँच आउने गतिविधि बेइजिङले गर्न नहुनेमा उपराष्ट्रपति विलियमले जोड दिँदै आएका छन्। ताइवानको जल र हवाई क्षेत्रमा विगतमा गरेका उत्तेजक गतिविधिलाई लिएर उनले आपत्ति जनाएका छन्। 

प्रकाशित: Aug 12, 2023| 20:00 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्