बिहीबार, कात्तिक २७, २०८२

'सिंघम अगेन' मा पनि अजय नै, दीपिकाको विशेष भूमिका

 |  शनिबार, साउन २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन २७, २०८०

काठमाडौं- रोहित शेट्टीले निर्देशन गरेको ‘सिंघम’ शृंखलालाई दर्शकले निकै रुचाएका छन्। अब रोहित सिंघमको तेस्रो शृंखलाको तयारीमा छन्।

National life

फिल्ममा अजय देवगन नै शीर्ष भूमिकामा रहने तय भइसकेको छ। यस्तोमा फिल्मलाई लिएर नयाँ खबर सार्वजनिक भएको छ। ‘सिंघम अगेन’मा दीपिका पादुकोण पनि विशेष भूमिकामा देखिने भएकी छिन्।

दीपिका फिल्ममा लेडी सिंघमको भूमिकामा देखिनेछिन्, जो अजय देवगणकी बहिनी हुनेछिन्। प्रहरी अधिकारीको भूमिकाका लागि दीपिका उत्साहित रहेको र तयारी पनि सुरु गरेको जनाइएको छ। दीपिकाले छायांकनका लागि ३५ देखि ४० दिन दिने जनाइएको छ।

‘सिंगम अगेन’मा टाइगर श्राफ पनि केमियो भूमिकामा देखिनेछन्। फिल्मको छायांकन आगामी सेप्टेम्बरमा सुरु गरिने र सन् २०२४ को अगस्टमा रिलिज गर्ने योजना छ।

प्रकाशित: Aug 12, 2023| 19:30 शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्