मंगलबार, चैत १७, २०८२

क्रिकेट खेलाडी भण्डारी सम्मानित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

कञ्चनपुर- राष्ट्रिय क्रिकेट खेलाडी तथा तिब्र गतिका बलर ललितराज भण्डारीलाई कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले बुधबार सम्मान गरेको छ । भण्डारीलाई नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले एक लाख एक हजार १११ नगद प्रदान गर्दै सम्मान गर्नुभएको हो । 

खेलका माध्यमबाट नगरपालिकाको नाम उच्च राख्ने कार्य गरेको भन्दै भण्डारीलाई सम्मान गरेको नगर प्रमुखले जानकारी दिए । प्रतिभावान खेलाडीको मनोबल उच्च राख्नका लागि यस्ता सम्मानले सघाउ पुर्याउनले नगरप्रमुख ऐरले बताए ।

खेल मैदान बनाएर प्रतिभावान युवालाई खेलप्रतिको आकर्षण बढाउन सकिने भन्दै खेलाडी भण्डारीले सम्मान हुन पाउँदा निकै खुशी भएको बताए । कैलालीको धनगढीमा आयोजना गरिएको डिपिएल दुईमा क्रिकेट खेलाडी भण्डारी मोस्ट भ्यालुएबल प्लेयर घोषित भई गोल्डेन बुट जितेका थिए । 

भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।