सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • वर्षाका कारण चीनको हेबेई प्रान्तमा २९ जनाको मृत्यु, १६ बेपत्ता

Siddartha premir insuranceSiddartha premir insurance

वर्षाका कारण चीनको हेबेई प्रान्तमा २९ जनाको मृत्यु, १६ बेपत्ता

 |  शुक्रबार, साउन २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

हुबेई- उत्तरी चीनको हेबेई प्रान्तमा भर्खरै आएको भीषण वर्षाका कारण उत्पन्न विपद्मा परी बिहीबारसम्म २९ जनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता  भएका छन्। स्थानीय अधिकारीहरूले शुक्रबार जानकारी दिए अनुसार अविरल वर्षा र भीषण बाढीले प्रदेशका ११० जिल्लाका विभिन्न शहरहरूमा  व्यापक क्षति पुर्‍याएको छ।

triton college

शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत, सञ्चार, खानेपानीलगायतका पूर्वाधारमा क्षति पुगेको छ।  यो सँगै प्रान्तले ९५.८१ बिलियन युआन (लगभग १३.३८ बिलियन अमेरिकी डलर) को प्रत्यक्ष आर्थिक क्षति बेहोरेको  बताइएको छ । साथै प्रकोप सृजित क्षतिको  समग्र मूल्याङ्कन र प्रमाणीकरण कार्य भइरहेको पनि बताइएको छ।  

बिहीबारसम्म बाढीबाट करिब  ३० लाख ८९ हजार  मानिस प्रभावित भएका छन्।  साथै कुल ३१९,७०० हेक्टर बाली प्रभावित भएको छ भने १ लाख ३१ हजार ५०० हेक्टर क्षेत्रफल खेतियोग्य भूमिमा क्षति पुगेको छ। 

प्रकोपबाट ४० हजार ९०० घरहरू भत्किएका छन् भने १,५५,५०० घरहरू नराम्ररी क्षतिग्रस्त भएका छन्।  शिशु शिक्षालयसहित  १ हजार १ सय ५० प्राथमिक र माध्यमिक विद्यालयमा क्षति पुगेको छ।

प्रकाशित: Aug 11, 2023| 20:25 शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्