शुक्रबार, साउन ८, २०८३

रोनाल्डोको सहयोगमा युभेन्टसको कीर्तिमान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- रोनाल्डोकै महत्वपुर्ण प्रदर्शनका कारण युभेन्टसले घरेलु लिग सिरी-ए मा अपराजित रहदै  यतिबेला सफल इतिहासमा छ । लिगमा सुरुवाती १० खेलसम्म अपराजित रहदै युभेन्टसले क्लबको इतिहासमा पहिलोपटक अपराजित रहेको रेकर्ड बनाएको हो । 

यस सिजन हाल सम्म १२ खेल खेल्दा युभेन्टसले एक खेल बराबरी खेल्दै ३४ अंक सहित शीर्ष स्थानमा ६ अंकले अग्रता लिएको छ । युभेन्टस अक्टोबर २० जेओनासँग आफ्नो घरेलु मैदानमा भएको खेलमा १-१ को बराबरीमा रोकिएको थियो । सो खेलमा पनि रोनाल्डोले नै गोल गरेका थिए ।
 
यससँगै युभेन्टसले अब लिगमा सुरुआती १२ खेलपछि सर्वाधिक धेरै अंक जोड्ने पहिलो क्लब बनेको छ । सिरी-ए को इतिहासमा हालसम्म सुरुआती १२ खेलपछि ३४ अंक कुनै पनि क्लबले जोडेको थिएन ।

लिगमा युभेन्टसले हालसम्म २६ गोल गर्दा मात्रै ८ गोल खाएको छ । यता, रोनाल्डोले भने लिगका १२ वटा खेल खेल्दै ८ गोल गर्दै ६ असिस्ट गरेका छन् । यसै सिजन रोनाल्डो ९ वर्षपछि स्पेनिस क्लब रियल मड्रिडबाट युभेन्टस पुगेका थिए । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।