शनिबार, मंसिर २३, २०८०

दुई वर्षपछि रजनीकान्तको धमाकेदार इन्ट्री

 |  शुक्रबार, साउन २६, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २६, २०८०

दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ। बिहीबार रिलिज भएको फिल्मले भारतभर साढे ४४ करोड भारुको ओपनिङ गरेको हो।

sagarmatha cement

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘जेलर’ सन् २०२३ मा फिल्म पठान र आदिपुरुषपछि सबैभन्दा बढी ओपनिङ कमाइ गर्ने तेस्रो फिल्म बनेको छ। फिल्मले तमिलनाडु राज्यमा २३ करोड भारु कमाइ गरेको छ भने कर्नाटकमा ११ करोड, केरलामा पाँच करोड र अन्य राज्यमा १३ करोड कमाइ गरेको छ। ‘जेलर’ यस वर्ष तमिलनाडुमा सबैभन्दा बढी ओपनिङ गर्ने फिल्म बनेको छ।

दक्षिण भारतमा रजनीकान्तको क्रेज यतिसम्म छ कि उनको फिल्म रिलिज हुने पहिलो दिन चेन्नई, बैंगलोरलगायत सहरमा कर्मचारीलाई बिदासमेत दिइएको थियो। यतिमात्र होइन, धेरै कार्यालयका कर्मचारीलाई जेलरको टिकट पनि निःशुल्क दिइएको छ।

रजनीकान्तले २ वर्षपछि पर्दामा धमाकेदार इन्ट्री गरेका हुन्। फिल्म जेलरमा उनी फुल एक्सन मोडमा देखिएका छन्। थलाइवाको यो एक्सन प्याक फिल्म हेर्न धेरै प्रतीक्षारत थिए। जेलर रजनीकान्तको १६९ औं फिल्म हो। यही कारणले गर्दा फिल्मको नाम पहिले थलाइवा १६९ राखिएको थियो। पछि बदलेर जेलर राखियो।

प्रकाशित: Aug 11, 2023| 18:45 शुक्रबार, साउन २६, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्