आइतबार, वैशाख ६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतीय प्रधानमन्त्री मोदीविरूद्ध लोकसभामा दर्ता अविश्वास प्रस्ताव असफल

भारतीय प्रधानमन्त्री मोदीविरूद्ध लोकसभामा दर्ता अविश्वास प्रस्ताव असफल

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

National life
kumari

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध संसदको तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव असफल भएको छ। बिहीबार ध्वनि मतका आधारमा अविश्वासको प्रस्ताव असफल भएको घोषणा गरिएको हो।

मणिपुर हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरंकुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

यसअघि सन् २०१८ मा पनि नरेन्द्र मोदी सरकारका विरूद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएको थियो। सदनमा ११ घण्टा लामो छलफलपछि अन्ततः मोदी सरकारले सदनमा आफ्नो बहुमत पुर्‍याएको थियो।

प्रकाशित: Aug 10, 2023| 20:36 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्