बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सरकारविरुद्धको अविश्वासको प्रस्ताव, आगामी निर्वाचनका लागि भगवानको आशीर्वाद : भारतीय प्रधानमन्त्री मोदी

सरकारविरुद्धको अविश्वासको प्रस्ताव, आगामी निर्वाचनका लागि भगवानको आशीर्वाद : भारतीय प्रधानमन्त्री मोदी

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलमाथि कटाक्ष गर्दै विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताएका छन्। 

National life

उनले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दाबी गरे। लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले भने, 'भारतीय जनताले हाम्रो सरकारमाथि पटक–पटक विश्वास देखाएका छन् ।  म यहाँ देशका करोडौं जनताप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ।'
 
प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे। 'परमेश्वर धेरै दयालु हुनुहुन्छ र कुनै माध्यमद्वारा बोल्नुहुन्छ। विपक्षले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । यो भगवानको आशीर्वाद हो भन्ने मलाई विश्वास छ।'

उनले विपक्षी गठबन्धनलाई संकेत गर्दै भने, 'मैले सन् २०१८ मा अविश्वासको प्रस्तावको बेला भनेको थिएँ कि यो हाम्रो लागि परीक्षा होइन तर उनीहरूका लागि परीक्षा हो। अविश्वासको प्रस्ताव फलस्वरूप उनीहरू चुनावमा पराजित हुनुपरेको थियो ।'

प्रधानमन्त्री मोदीले विपक्षी दललाई आफूले विश्वासको मत परीक्षण भएको र सन् २०१८ को अविश्वासको प्रस्तावमा जति मत प्राप्त भएको थियो, त्यो पनि जुटाउन नसकेको दाबी गरेका छन्। 

उनले भने, 'एक किसिमले भन्ने हो भने विपक्षीको अविश्वास हाम्रो लागि सधैं भाग्यको बिषय बनेको छ। आज म देख्न सक्छु कि तपाईं (विपक्षी) ले निर्णय गर्नुभएको छ कि एनडीए र भाजपा विगतका सबै रेकर्डहरू तोड्दै, जनताको आशीर्वादका साथ २०२४ को चुनावमा ठूलो विजयका साथ फर्कनेछन्।'

Shivam cement

अविश्वासको प्रस्तावमाथि मंगलबारदेखि बहस सुरु भएको थियो। 

प्रकाशित: Aug 10, 2023| 19:17 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्