सोमबार, फागुन १८, २०८२

इराकमा टर्कीका ६ सैनिकको मृत्यु

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

बगदाद- उत्तरी इराकमा प्रतिबन्धित कुर्दिश लडाकूसँग भएको झडपमा टर्कीका कम्तीमा छ सैनिकको मृत्यु भएको टर्कीको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ। 

टर्की र उसका पश्चिमी सहयोगीहरूले प्रतिबन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) लाई आतङ्कवादी समूहको रूपमा सूचीबद्ध गरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, 'पृथकतावादी आतङ्कवादी सङ्गठन’को आक्रमणमा गोली लागेर केही सैनिकहरू मारिएका छन्।'

मन्त्रालयले यस क्षेत्रमा आफ्नो अभियान जारी रहेको बताएको छ। टर्कीले सन् २०२२ को अप्रिलमा सीमावर्ती क्षेत्रमा लुकेर बसेका पीकेकेका सदस्यहरूलाई निर्मूल पार्न सीमापार ‘अपरेसन क्लाउ–लक’ सुरु गरेको थियो। 

बुधबार टर्कीले गरेको छुट्टाछुट्टै ड्रोन आक्रमणमा उत्तरी इराकमा पिकेकेका दुई सदस्यको मृत्यु भएको स्वायत्त कुर्दिस्तान क्षेत्रका अधिकारीहरूले बताएका छन्। पीकेकेले सन् १९८४ देखि टर्कीमा विद्रोह गर्दै आएको छ, जसका कारण दशौं हजार मानिसको ज्यान गइसकेको छ।

अंकाराले उत्तरी इराकमा दर्जनौँ सैन्य अखडाहरू कायम राखेको छ जहाँ उसले नियमित रूपमा पीकेके लडाकूविरुद्ध अभियान सञ्चालन गर्दै आएको छ।
 

kumari

प्रकाशित: Aug 10, 2023| 20:20 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्