बिहीबार, जेठ २८, २०८३

भारतले खोल्यो नेपालबाट गोलभेंडा आयात

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

नयाँ दिल्ली- भारतीय वित्तमन्त्री निर्मला सितारमणले नेपालबाट टमाटर आयात गरिरहेको बताएकी छन्। वित्तमन्त्रीले बिहीबार भारतको संसदमा विपक्षीले ल्याएको अविश्‍वासको प्रस्तावका क्रममा उठेका प्रश्‍नको जवाफ दिँदै नेपालबाट टमाटर आयात गर्ने र पहिलो चरणको आयात शुक्रबार हुने बताएकी हुन्। 

National life

उनले भनिन्, 'हामीले नेपालबाट टमाटर आयात गर्नका लागि आयातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका छौं। नेपालबाट टमाटरको पहिलो चरण अन्तर्गत वाराणसी, लखनए र कानपुरमा शुक्रबार टमाटर आइपुग्‍ने सम्भावना छ।' 

उनले यही सप्ताहन्तमा दिल्ली एनसीआरमा ७० रुपैयाँ प्रति किलोको दरमा टमाटर बिक्री गरिने पनि बताएकी छन्। 

विपक्षीले यसअघि संसद्मा टमाटरको मूल्य वृद्धि भएको भन्दै सरकारको आलोचना गरेको थियो। जवाफ दिने क्रममा उनले भनिन्, 'पहिले नै आन्ध्र प्रदेश र कर्नाटकको होलसेल मण्डिमा १०० रुपैयाँ किलो टमाटर उपलब्ध भरहेको छ।' 

उनले दिल्लीमा टमाटरको सहज उपलब्धताका लागि कोलार मण्डीबाट टमाटर बुक गरिएको र उक्त टमाटर आएसँगै ८५ रुपैयाँ प्रति किलोका दरले टमाटर पाइने आश्वासन दिएकी छन्। 

Shivam cement

यसअघि भारतमा टमाटरको मूल्य महँगिएको भन्दै सरकारको चर्को विरोध भएको थियो। भारतीय सञ्चार माध्यमहरूका अनुसार त्यहाँ एक महिनामा १९०० प्रतिशतले टमाटरको मूल्यवृद्धि भएको थियो। त्यहाँ एक महिना अघि प्रतिकिलो ५ रुपैयाँमा टमाटर बिक्री हुँदै आएको थियो।

अहिले भारतका अधिकांश भागमा टमाटरको मूल्य खुद्रा बजारमा प्रतिकिलो सय रुपैयाँ नाघेको हो। एक महिनाअघि उत्तर प्रदेश, महाराष्ट्रलगायत धेरै राज्यमा टमाटर प्रतिकिलो २–५ रुपैयाँमा बिक्री भइरहेको थियो। अर्थात् एक महिनामा टमाटरको मूल्य १९०० प्रतिशतले बढेको छ। टमाटरको मूल्य २ रुपैयाँमा झरेपछि नेपालमा झैँ त्यहाँका किसानले पनि ढुवानी गर्न बढी पैसा खर्च हुने भन्दै खेतमै बाली नष्ट गरेका थिए।

प्रकाशित: Aug 10, 2023| 18:38 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्