मंगलबार, साउन ६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • कांग्रेस सांसद शर्मा पक्राउ परेको केही समयमै प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा

कांग्रेस सांसद शर्मा पक्राउ परेको केही समयमै प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा

 |  बिहीबार, साउन २५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

vianetvianet

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्‍न शीतल निवास पुगकेा छन्। प्रधानमन्त्री प्रचण्ड बिहीबार बेलुका राष्ट्रपति पौडेललाई भेट्‍न शीतलनिवास पुगेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीले करिब ३० मिनेटजति राष्ट्रपति पौडेलसँग छलफल गरेका छन्। यद्यपि के विषयमा कुरा भयो भन्‍ने खुलाइएको छैन।

नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको केही समयमा नै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ गरेको हो। शर्मा ७ वर्षअघि नै किर्ते प्रमाणपत्रको आरोपमा प्रहरीले अनुसन्धान थालेपछि फरार सूचीमा रहेका थिए।

नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक आह्वान गरेको छ। दलको बैठकको विषयबारे पनि खुलाइएको छैन।

प्रकाशित: Aug 10, 2023| 18:03 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्