बिहीबार, जेठ २८, २०८३

कांग्रेस सांसद सुनिल शर्मा प्रहरी नियन्त्रणमा

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शर्मालाई आज पक्राउ गरेको हो।

National life

मोरङ क्षेत्र नम्बर ३ बाट गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट शर्मा निर्वाचित भएका थिए। शर्मा काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन्।

शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा पक्राउ गरिएको आशंका गरिएको छ। भारतको एक संस्थाबाट जारी भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ। उक्त प्रमाणपत्रका आधारमा उनले एमबीबीएस अध्ययन गरेका थिए।

सांसद शर्माले केही दिनअघि प्रतिनिधि सभा बैठकमा सुन प्रकरण छानबिन गर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा माग गरेका थिए।

प्रकाशित: Aug 10, 2023| 16:25 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्