एजेन्सी- आर्थिक हिसाबले समेत बलियो मानिएको स्पेनिस क्लब बार्सिलोना विश्वकै उत्कृष्ट क्लब मध्येको एक हो । स्टार खेलाडी सम्मिलित रहेको क्लबका खेलाडीले कति पैसा कमाउँछन् भन्ने जिज्ञासा खेल प्रेमीका लागि रहने गर्दछ ।
आफ्नो मन पर्ने खेलाडी र विपक्ष्य खेलाडीले कती कमाउछ ? भन्दै खेल प्रेमीले तुलना गर्न थाल्दछन् । यसै बिषयलाई मध्य नजर गर्दै हामीले बार्सिलोना सिनियर टोलीका खेलाडीले कमाउने तलब-भत्ताबारे चर्चा गर्न खोजेका छौ ।
पाँचपटक फिफा वर्ष खेलाडी र पाँचपटक बालोन डि’ओर अवार्ड जितेका कप्तान लियोनल मेस्सी बार्सिलोनामा सबैभन्दा धेरै कमाउने खेलाडीमा पर्दछन् । उनी बार्सिलोनामा मात्रै नभएर विश्व फुटबलमा धेरै तलब लिने खेलाडी हुन् । बार्सिलोनामा मेस्सीले सर्वाधिक धेरै कमाइ गर्दा सबैभन्दा कम तलब भने सर्जी स्याम्परले पाउँछन् ।
यस सिजनको सुरुमा बार्सिलोनाका मुख्य कप्तान घोषणा भएका मेस्सीले प्रतिसाता ५ लाख पाउण्ड कमाउँछन् । त्यसपछि लुइस स्वारेजले २ लाख ९० हजार कमाउँदा फिलिपे कोउटिन्होले २ लाख ४० हजार, उसामान डेम्बेलेले प्रतिसाता २ लाख २० हजार, सर्जियो बुस्केट्सले १ लाख ८५ हजार, अर्थुरो भिडालले १ लाख ६५ हजार, जेरार्ड पिकेले १ लाख ६५ हजार, इभान राकिटिकले १ लाख ३० हजार पाउण्ड कमाउँछन् ।
त्यस्तै, जोर्डी अल्बाले १ लाख, माल्कोमले ९० हजार, टर स्टेगेनले ९० हजार, सामुएल उम्टिटीले ७५ हजार, नेल्सन सेमेडोले प्रतिसाता ७५ हजार, क्लिमेन्ट लेङलेटले ७० हजार, सर्जी रोवेर्टोले ७० हजार, डेनिस स्वारेजले ६० हजार, राफिन्हाले प्रतिसाता ६० हजार पाउण्ड कमाउँछन् ।
त्यसैगरी, अर्थुर मेलोले ६० हजार, स्पर सिलेसनले ५५ हजार, थोमस भर्माइलेनले ५५ हजार, मार्लोन सान्तोषले २० हजार कमाउँदा सर्जी स्याम्परले प्रतिसाता १० हजार पाउण्ड कमाइ गर्छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४