बिहीबार, जेठ २८, २०८३

घरेलु हतियारले श्रीमतीको हत्या गर्ने समातिए

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०
National life
Shivam cement

काठमाडौं- आफ्नै श्रीमती ४५ वर्षीया डम्बर कुमारी तामाङको घरेलु हतियार बामफोक प्रहार गरी हत्या गरेको अभियोगमा इलामको सूर्योदय नगरपालिका-२ सयपत्री टोल डेरा गरी बस्ने पाँचथर हिलिहाङ गाउँपालिका-७ तम्फुवा घर भएका ५० वर्षीय पूर्ण बहादुर तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

सामान्य विवादको क्रममा सोमबार राति पूर्णबहादुरले बामफोक प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर ईलामबाट खटिएको प्रहरीले सूर्योदय नगरपालिका-२ लालिखर्कबाट पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 

प्रकाशित: Aug 10, 2023| 13:02 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्