बिहीबार, जेठ २८, २०८३

तीनजना मृत फेला, कुवामा डुबेर एकको ज्यान गयो

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

नुवाकोट, तार्केश्वर गाउँपालिका-४ दर्शनटारस्थित त्रिशुली नदीको किनारमा धादिङ निलकण्ठ नगरपालिका-१४ बस्ने ४२ वर्षीया सरस्वती रिमाल बुधबार मृत अवस्थामा फेला परेकी छन्।

National life

कैलाली, गोदावरी नगरपालिका-९ धनचौरी बस्ने ४० वर्षीय रत्न प्रसाद भट्टराई सोही ठाउँस्थित खुटिया खोला नजिक पानी जमेको खाल्डोमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।

सोही खोलामा दाउरा निकाल्न भनी गएका उनी घर नफर्किएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो।

बागलुङ, बागलुङ नगरपालिका-१४ ठुलाखर्क बस्ने १९ वर्षीया एलिसा सुनार सोही नगरपालिका-१४ सल्लाघारी भन्ने स्थानदेखि करिब ३ सय मिटर तल बिहीबार मृत अवस्थामा फेला परेकी छन्। घरबाट बुधबार हिँडेकी उनी घर नफर्किएकी भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङ, ईलाका प्रहरी कार्यालय बलेवा, बिपद ब्यावस्थापन गुल्म बागलुङ र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म समेतबाट संयुक्त रुपमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा शव फेला पारेको हो। सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

उता सर्लाही, ईश्वरपुर नगरपालिका-१२ अडीस्थित आफन्तकोमा आएको अवस्थामा सिन्धुली कमलामाई नगरपालिका-८ बस्ने २६ वर्षीय प्रशान्त पाख्रिनको पानी खाने क्रममा कुवामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Shivam cement

प्रकाशित: Aug 10, 2023| 12:15 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्