बिहीबार, जेठ २८, २०८३

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

नेपालमा मनसुन सुरु भएको समय गत ३१ जेठदेखि २४ साउनसम्म बाढीपहिरोबाट ज्यान गुमाउने ४१ र बेपत्ता हुनेको संख्या ३१ पुगेको गृह मन्त्रालयको विवरण।
 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

काठमाडौं– गृह मन्त्रालयले मनसुन सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको विवरण सार्वजनिक गरेको छ।

National life

नेपालमा मनसुन सुरु भएको समय गत ३१ जेठदेखि २४ साउनसम्म बाढीपहिरोबाट ज्यान गुमाउने ४१ र बेपत्ता हुनेको संख्या ३१ रहेको मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले बताएको हो।

बाढीपहिरोका कारण हालसम्म संखुवासभामा ३ जनाको मृत्यु भएको छ भने १९ हराइरहेका छन्। बेपत्ता भएका उनीहरू सुपर हेवा हाइड्रोका मजदुर रहेको प्रशासनले जनाएको छ।

मन्त्रालयका अनुसार पहिरोबाट ओखलढुंगामा ४, अर्घाखाँची, मकवानपुर, ताप्लेजुङ, दोलखामा ३–३ जनाको मृत्यु भएको छ। गोरखा, तनहुँ, रुकुम पश्चिम, काठमाडौं, रसुवा, बैतडीमा २–२ जनाको मृत्यु भएको छ।

बाढीपहिरोकै कारण १३२ घरमा पूर्ण क्षति र १९४ घरमा आंशिक क्षति पुगेको गृहको विवरण छ। यस वर्षको बाढीपहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण प्राधिकरणले गत असार पहिलो साता गरेको थियो।

Shivam cement

प्रकाशित: Aug 10, 2023| 10:49 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्