बुधबार, साउन १३, २०८३

मधेश प्रदेश सरकारबाट बाढी तथा डुबान पीडितलाई राहत 

 |  बिहीबार, साउन २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २५, २०८०

जनकपुरधाम- मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा दश/दश लाख पठाउने भएको छ।

प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि सो रकम उपलब्ध गराउने निर्णय गरेको हो। 

मन्त्री समिमले राहत तथा उद्धार सामग्री खरिद गर्न आठवटै जिल्ला प्रशासन कार्यालयलाई तत्काल राहत रकम पठाउने निर्णय गरेको जानकारी दिए।

उनले भने, ‘प्रदेशका आठै जिल्लामा बाढी तथा डुबानको समस्या छ। त्यसलाई मध्यनजर गरी तत्काललाई प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि राहत रकम दिने निर्णय भएको छ।’

राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै सुरक्षा निकाय र सरोकारवालासँग समन्वय गर्ने विषयमा पनि छलफल भएको छ। केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण मधेसमा जनजीवन प्रभावित भएको छ।

प्रकाशित: Aug 10, 2023| 10:34 बिहीबार, साउन २५, २०८०
प्रतिक्रिया दिनुहोस्